दफा १५
प्रदेश सरकार र स्थानीय तहले तथ्याङ्क सङ्कलन गर्न सक्ने
(१) प्रदेश सरकार वा स्थानीय तहले प्रदेश वास्थानीय कानून बमोजिम आफूलाई आवश्यक पर्ने तथ्याङ्क ८ सङ्कलन, प्रशोधन, विश्लेषण, प्रकाशन, वितरण वा भण्डारण गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम प्रदेश सरकार वा स्थानीय तहले तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण; प्रकाशन, वितरण वा भण्डारण गर्दा दफा ४ बमोजिमको तथ्याङ्क सम्बन्धी राष्ट्रिय मानक र गुणस्तरको पालना गर्नु पर्नेछ।
(३) उपदफा (१) बमोजिम प्रदेश सरकार वा स्थानीय तहले तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण, प्रकाशन, वितरण वा भण्डारण गर्दा देहायको मापदण्ड समेतको आधारमा गर्नु पर्नेछ:-
(क) नेपाल/सरकारले सङ्कलन गरेको वा राष्ट्रिय रूपमा सङ्कलन हुने तथ्याङ्कलाई नै प्रयोग गर्न सकिने भएमा त्यस्तो विषयमा तथ्याङ्क सङ्कलन नगर्ने,
(ख) तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण, प्रकाशन, वितरण वा भण्डारण गर्दा सङ्घ, प्रदेश र स्थानीय तहबीच आपसी समन्वय र सहकार्यमा गर्नु पर्ने, र
(ग) सङ्डलित तथ्याङ्कको विश्लेषणबाट प्राप्त नतिजा प्रकाशन वा वितरण गर्दा प्रयोगकर्तामैत्री हुने गरी गर्नु पर्ने।
(४) प्रदेश सरकार वा स्थानीय तहले तथ्याङ्क सङ्कलन गर्दा यस ऐन बमोजिम कार्यालयलाई भएको अधिकार र कर्तव्यको प्रयोग र् पालना गर्नेछ।
(५) प्रदेश सरकार वा स्थानीय तहले तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण, प्रकाशन, वितरण वा भण्डारण गर्दा दफा १०, १२, १३ र १४ को व्यवस्था समेतको पालना गर्नु पर्नेछ।
(६) प्रदेश सरकार वा स्थानीय तहले सङ्कलन गरेको तथ्याङ्कलाई राष्ट्रिय तथ्याङ्क प्रणालीमा आबद्ध गर्न सकिनेछ ।